अहिले बिश्व बजारमा बढीरहेको डलर, पाउन्ड अनी चिनिया मुद्रा आरयमभिको उच्चबृदीका कारणले अब नयाँ बर्ष सन२०२६ लागेसँगै सबैजसो चिनिया ईभीमा भारी मुल्यबृद्दी हुने निश्चित छ।केहि उत्पादक कम्पनीले नेपाल स्थित आफ्ना बितरकलाई उक्त सुचनाहरु दिन थालेको अटोकुराका टिमलाई स्रोतले जानकारी दिएका छन।
चिनबाट आउने ईभीमा मुल्यबृद्दी हुने अर्को कारणमा अन्तरास्ट्रीय बजारमा चाँदीको मुल्य बढ्नु पनी एक कारण रहेको छ।अधिकाँश ईभी उत्पादक कम्पनिहरुले बिभिन्न कम्पोनेन्टहरुमा सिल्भरको प्रयोग गर्ने गरेका छन।
त्यसैगरी अहिले नेपाल आउने नाकाहरुमा केरुङ्ग रसुवा पुर्ण रुपमा नै अवरुद्ध रहेको छ भने तातोपानी स्थित नाका पनी चिनले हप्तामा २ दिन मात्रै खोल्ने गरेको छ, जुन दिनहरु आईतबार र बुधवार मात्रै नयाँ ईभी सवारीहरु आयात गर्न पाईन्छ जस्को कारणले धेरै आयातकर्ताहरुको लागत बढी नै रहेको छ।
रसुवा स्थित टिमुरे भन्सारका प्रमुख तुल्सी भट्टराई ज्युले दिनुभएको जानकारी अनुसार पुस १७ गते देखी चिनिया पक्षले नयाँ बनेको बेलीब्रीज संचालन हुने भनीएको छ ।
तपाईको प्रतिक्रिया